Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

मंसिर ७ मा जनसभा हुने

सुर्खेत

वाम गठबन्धनले मंसिर ७ गते सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको छ । जनसभालाई एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त प्रचार प्रसार समिति सुर्खेतले मंगलबार पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

मंसिर ७ गते विहान ११ बजे मंगलगढीबाट नारा जुलुस गरि सुर्खेतको महिला विकास कार्यालयको दक्षिणपट्टी रहेको चौरमा आमसभा हुने र आमसभामा करिब १५ हजारको उपस्थिति रहने एमालेका पोलिटव्यूरो सदस्य एवम् सुर्खेत निर्वाचन क्षेत्र १ प्रदेश (क) का उम्मेदवार यामलाल कंडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो – प्रतिद्वन्द्वीहरुले अराजनीतिक गतिविधि गरेपनि सुर्खेतका ६ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनको जीत निश्चित छ । उम्मेदवार लक्षित आक्रमण भइरहेका छन् नि भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो – परिवर्तन नचाहनेहरुले त्यसो गरिरहेका छन् । तर हामीले सर्तकता अपनाका छौ ।