देशभर थप ४,५२२ जनामा कोरोना संक्रमण, ४१ संक्रमितको मृत्यु
काठमाडौं ।
पछिल्लो २४ घण्टामा देशभर थप ४ हजार ५२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ९१३ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोराना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनाको पिसिआर र ४ हजार ७०९ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ७०३ जना र एन्टीजेटमार्फत ८१९ जनामा संक्र भेटिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बाग्लुङको धौलागिरी अस्पतालमा पुरानो मितिमा भएको परीक्षणको एकमुष्ट नतिजा प्राप्त भएकाले संक्रमितको संख्या बढी देखिएको बताएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४१ जना संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट देशभरमा ८ हजार ८१३ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५४४ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म ५ लाख ६४ हजार ८८२ जना संक्रमित निको भइसकेका छन्।
नेपाल संक्रमित निको हुने दर ९० दशमलब २ प्रतिशत रहेको छ।






