रहेनन् कांग्रेस दैलेखका पूर्व पार्टी सभापति थापा
सुर्खेत ।
नेपाली कांग्रेस दैलेखका पूर्व पार्टी सभापति जगत जंग थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण उपचारको क्रममा थापाको मृत्यु भएको हो ।
केहीदिन अघिदेखि जिल्ला अस्पताल दैलेखमा उपचार भइरहेको थियो । उपचारका क्रममा आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
थापा २०५४ सालमा सभापति बनेर नेपाली काङ्ग्रेस दैलेखको नेतृत्व सम्हालेका थिए भने २०७४ सालमा भएको निर्वाचनमा प्रदेश सभा सदस्य पदका उम्मेद्वार थिए ।






