Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

एम्बुसमा परी कांग्रेस उम्मेदवार कार्कीसहित ४ जना गम्भीर घाइते

मंसिर १३, २०७४-निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्की चढेको गाडी एम्बुसमा परेको छ । सडकमुनी राखिएको  बम विष्फोट विष्फोट हुँदा कार्कीसहित चारजना गम्भीर घाइते भएका छन् ।

चुनावी प्रचारका सिलसिलामा कार्कीसहितको टोली जाँदै गर्दा करिब साढे १० बजेतिर घटना भएको हो । कटारीबाट उदयपुरगढीको नेपालटार बजारमा आयोजित आमसभामा सहभागी हुन टोली आउँदै थियो ।

प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार उदयपुरगढी गाउँपालिकाको वडा ५ र ६ को बीचमा पर्ने दनुवार बेंसी पुग्दा कार्की चढेको बा १५ च ७८०६ नम्बर गाडी एम्बुसमा परेको थियो । प्रत्यक्षदर्शीका अनुसार विष्फोट हुँदा गाडी करिब १० मिटर माथिसम्म उफ्रिएको थियो । गाडी क्ष्ँतिगस्त बनेको छ ।

घटनामा परी उम्मेदवार कार्की र उनका सहयोगी कार्यकर्ताहरु मीरा कटुवाल, धनमाया धौलाकोटी र चालक राजन कार्की गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार उपचारका लागि लैजान राजधानीबाट हेलिकप्टर आइरहेको छ । आउनासाथ सबैलाई राजधानी पठाइने प्रहरीले जनाएको छ ।

विष्फोट कसले गराएको भन्ने खुलेको छैन । घटनास्थलमा प्रहरीको टोली गएर घाइतेहरुको उद्धार गर्ने काम भइरहेको छ ।

स्रोत ः ई–कान्तिपुर