Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

थप २,९३६ जनामा कोरोना संक्रमण, ४३ संक्रमितको मृत्यु

काठमाडौं ।

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ९३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 देशभर गरिएको ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ६४ हजार ५७६ पुगेको छ ।

पछिल्लो  २४ घण्टामा १ हजार ७७५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।  यो सँगै देशभर संक्रमणमुक्त हुनेको संख्या ६ लाख २८ हजार २४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा ४३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ५०६ पुगेको छ।