Loading... आजः १२ असार २०८३, शुक्रबार । Friday 26th June 2026
ताजा खबर
  

निःशूल्क रक्त परीक्षण शिविर हुँदै

सुर्खेत,

निःशुल्क रक्त परीक्षण शिविर सञ्चालन गरिने भएको छ । कालिकोटको खाडाचक्र नगरपालिका–१ मा शनिवार (१६ मंसिर) शिविर हुने भएको हो । पृथ्वी रक्तदान वीर फाउन्डेसन कालिकोटको आयोजना र पुनम फाउन्डेसन सुखेतको समन्वयमा शिविर सञ्चालन गरिदैछ ।

शिविरमा जिल्ला अस्पताल कालिकोटको प्राविधिक सहयोग गर्ने वीर फाउन्डेसनका अध्यक्ष रमितकुमार मल्लले जानकारी दिए । कार्यक्रम अन्र्तगत समुदायका नागरिकहरुलाई सडक नाटकले जिल्लामा रगतको अवस्थाबारे जानकारी दिने तथा तत्काल रगत आवश्यकताको समयमा सहज, सरल रुपमा रक्तदाता उपलब्धताको लागि निशुल्क रक्तसमुह परिक्षणद्धारा सहयोग उद्देश्यका साथ शिविर आयोजना गरिएको पुनम फाउन्डेसनका अध्यक्ष पुनम बि.सी.ले जानकारी दिए । उनले झण्डै पाँच सय जनाको रगत परीक्षण गरिने बताए ।