Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

प्रचण्डलाई भीम रावलको जवाफ: म ढलेको होइन, एमाले ढाल्ने षड्यन्त्रविरुद्ध उभिएको हुँ

काठमाडौं ।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाउनु भएको छ ।

नेता रावलले आफू प्रचण्डले भने झैँ ढलेको नभएर एमालेलाई ढाल्ने षड्यन्त्रका विरुद्ध र स्वस्थ राजनीतिक अभ्यासको पक्षमा उभिएको बताउनु भएको छ ।

नेता रावलले शनिबार राति विज्ञप्ति जारी गर्दै पछिल्लो गठबन्धन निर्माण पनि सबैको आ–आफ्नो स्वार्थ केन्द्रीत रहेको खुलासा गर्नुभएको छ ।

शनिबार माओवादी अध्यक्ष प्रचण्डले राजधानीमा आयोजित एक कार्यक्रममा भीम रावल नपत्याउँदो ढंगले ढलेको बताउनु भएको थियो । त्यसको जवाफमा रावलले वक्तव्य निकाल्दै प्रचण्डले एमाले ढाल्न खोजेको र शेरबहादुर देउवासँग स्वाधीनताका विषयमा कुरा गर्ने मौका नदिएको आरोप लगाउनु भएको छ ।

हेर्नुहोस् रावलको वक्तव्य