डाँगीको घरदैलो कार्यक्रम
सुर्खेत,
यसैगरी, सुर्खेतको क्षेत्र नं. १ (ख) का प्रदेश सभा उम्मदेवार झकबहादुर डाँगीले शनिबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् । उनले शनिबार भेरीगंगा नगरपालिकाको हर्रे, मुरली तथा छिन्चु आसपासका वस्तीहरुमा पुगेर घरदैलो कार्यक्रम गरेका छन् ।
त्यसक्रममा उनले आफूले निर्वाचन जितेमा हर्रेबाट मुरलीखोला हुँदै वैकल्पिक सडक मार्ग निर्माण गरी छिन्चुसम्म पु¥याउने प्रतिबद्धता जनाएका छन् । हर्रेमा रहेको विद्यालयमा भौतिक सुविधाका लागि भवन निर्माण तथा फर्निचर, कम्प्यूटर र कम्प्यूटर शिक्षकको व्यवस्था गर्न पहल गर्ने डाँगीले आश्वासन समेत दिए । उनले तरकारी खेती गर्ने कृषकहरुका लागि समयमै बिउपल र प्राविधिक सल्लाहका लाग जनशक्ति उपलब्ध गराउने व्यवस्थाका लािग आफूले पहल गर्ने बताए ।
घरदैलो कार्यक्रममा भेरीगंगा वडा नं. ४ का वडा सदस्य रुपसिं सुनार, काँग्रेसका पूर्व महासमिति सदस्य महाबिर खत्रीलगायत स्थानीय नेताहरुको सहभािगता रहेको थियो ।






