Loading... आजः ११ बैशाख २०८३, शुक्रबार । Friday 24th April 2026
ताजा खबर
  

सरकार परिवर्तनसँगै म माथि आक्रमण भयोः उपकूलपति

सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयका उपकूलपति प्रा. डा. नन्दबहादुर सिंहले सरकार परिवर्तन भएसँगै आफू माथि आक्रमण सुरु भएको बताउनु भएको छ ।

No description available.
यही साउन २३ गतेका दिन एक समूहले सामाजिक सञ्जालमा उपकूलपतिको अण्डकोषमा बिरालोले टोकेर मृत्यु भएको भन्दै विश्वविद्यालयकै लेटरप्याडमा एक सूचना प्रकाशित गरेको थियो । उक्त झुठो कुराले आफ्नो मानमर्दन भएको र आफू जिवितै रहेको भन्दै आफूहरु पत्रकारसामु उपस्थिति भएको बताउँदै प्रा.डा. सिंहले भन्नुभयो, व्यक्तिगत र संस्थागत रुपमा आक्रमण गर्नेहरुलाई कानूनी कठघरामा उभ्याइने छ । विश्वविद्यालयमा भएका बेथितिका विरुद्धमा चर्को आवाज उठाएकै कारण आफू माथि चरणवद्ध रुपमा आक्रमण हुने गरेको छ ।

होटलमा लाखौको विल मिलाउनेहरु त्रसित भइरहेको बताउँदै पञ्चायतको समयमा पनि कुनै व्यक्तिको घरमा आक्रमण भएको थिएन सिंहले भन्नुभयो । नीजि कलेजमा जागिर गर्नेहरु विश्वविद्यालयमा जागिर गरेको देखाउँदै तलब खानेहरु आत्तिएको सिंहको भनाई थियो । जिल्ला प्रशासन कार्यालय र प्रहरी प्रशासनले समेत आफ्नो सुरक्षामा ध्यान नदिएको गुनासो गर्दै अपराध गर्नेहरुलाई कारवाही गर्न उहाँले माग गर्नुभयो ।

आफ्नो मृत्यू भएको झुठा कुरा लेख्नेहरुले घणित कार्य गरेको बताउँदै शैक्षिक क्षेत्रमा कुनै क्षेत्रबाट आक्रमण हुन नहुने सिंहको धारणा राख्नुभयो । उहाँले भन्नुभयो, म आराम छु, जिवित छु तर अपराधीसँग कहिल्यै पनि सम्झौता गर्दिन ।

यस सम्बन्धमा साइबर क्राइम गर्ने विरुद्धमा विश्वविद्यालयले २ वटा मुद्दा दर्ता गरेको छ । तिनीहरुलाई पहिचान गरेर तत्काल कानूनी कारवाहीको माग गर्दै उपकूलपति सिंहले भन्नुभयो, नैतिकता र इमान्दारिता ठूलो कुरा हो । विश्वविद्यालय स्वायत्त संस्था हो । विश्वविद्यालयमा राजनीतिक दम्भ चलाउने कुरा बन्द गर्नपर्छ । विद्यार्थीहरुका उचित माग पूरा गर्छौ तर मान्य नहुने माग पूरा गर्न सकिदैन ।

कार्यक्रममा विश्वविद्यालयका रजिष्टार प्रा.डा. नारायण पौडेलले विश्वविद्यालयमा अराजकता मच्चाएर केही प्राप्त गर्न सकिन्छ कि भन्नेहरुले त्यस्तो कार्य गरेको हुनसक्ने भन्दै यस्ता घटनाले विश्वविद्यालयलाई कुनै असर नगर्ने बताउनु भयो । तर उपकूलपतिको बारेमा फैलाइएको अफवाह प्रति हामी खेद व्यक्त गर्दछौ रजिष्टार पौडेलले भन्नुभयो ।