Loading... आजः ४ भाद्र २०८३, बिहीबार । Thursday 20th August 2026

एकहप्ताभित्रै सरकारले पूर्णता पाउने नेता एकीकृत समाजवादीका अध्यक्ष नेपालको दावी

काठमाण्डौँ |

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अबको एकहप्ताभित्रै सरकारले पूर्णता पाउने बताएका छन्। राजधानीको नयाँ बानेश्वरस्थित आलोकनगरमा स्थापना गरिएको केन्द्रीय कार्यालय शुक्रबार बिहान उद्घाटन गर्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन्।

सरकार विस्तार नहुँदा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्ता गठबन्धन पक्षीय दल र त्यसका शीर्ष नेताहरुको आलोचना भइरहेका बेला पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले एकहप्ताभित्र सरकारले पूर्णता पाउने दावी गरेका छन्। उनले सत्ता पक्षीय दलहरुको गठबन्धन आउने तीन तहको चुनावसम्म कायम रहनेसमेत बताएका छन्।

नेकपा एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीले आजदेखि आफ्नो केन्द्रीय कार्यालय सञ्चालनमा ल्याएको छ। पार्टीले आलोकनगरस्थित पूजा थापा बस्नेतको घरमा केन्द्रीय कार्यालय स्थापना गरेको हो। गएको भदौ २ गते एमालेबाट अलग भएर एकीकृत समाजवादी बनेको हो।