Loading... आजः २६ बैशाख २०८३, शनिबार । Saturday 9th May 2026
ताजा खबर
  

सहमति कार्यान्वयन गर्न मुख्यमन्त्री शाही राजीनामा दिँदै

सुर्खेत ।
कर्णाली प्रदेश सरकार निर्माणका लागि भएको सहमति कायान्वयन गर्नका लागि मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले राजीनामा दिने भएका छन् । आजै साँझ मन्त्री परिषदको बैठकमा राजीनामा दिने स्रोतले बताएको छ ।

‘अहिले आन्तरिक छलफल भईरहेको छ, मुख्यमन्त्रीले राजीनामा दिने निश्चित भईसकेको छ, आधिकारिक रुपमा जानकारी आउँछ ।’ मुख्यमन्त्रीको विश्वस्त स्रोतल भन्यो, ‘काँग्रेससँग भएको सत्ता हस्तान्तरणको सम्झौता इमान्दारितापूर्वक कार्यान्वयन गर्न मुख्यमन्त्री शाहीले राजीनामा दिन लाग्नुभएको हो ।’

यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सभाबाट विश्वासको मत लिदा उतिबेला प्रमुख प्रतिपक्षका दलका रुपमा नेपाली काँग्रेसले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएको थियो भने नेकपा एमालेका ४ जना सांसदले फ्लोरक्रस गरेका थिए । फ्लोरक्रस गरेर सांसद पद खोसिए पनि मन्त्री बनेका हाल नेकपा समाजवादीका तीनजना मन्त्रीको पदावधि पनि आज (सोमवार) नै सकिन लागेको छ ।

मुख्यमन्त्री शाहीले राजीनामा दिए लगत्तै नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही अब मुख्यमन्त्री बन्नेछन् । अहिले ३५ जना सांसद रहेको प्रदेशसभामा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा समाजवादी का ३ गरी सत्ता गठबन्धन संग २१ जना बहुमत सांसद रहेका छन् ।