Loading... आजः २४ जेष्ठ २०८३, आईतवार । Sunday 7th June 2026
ताजा खबर
  

सरसफाईका लागि ९५ वटा डस्टविन वितरण

सुर्खेत |

मटेला ब्वाईजले चिंगाड गाउपालिका ३ र ४ काे ठाँटी बजारमा सरसफाईका लागि ९५ वटा डस्टविन वितरण गरेकाे छ । स्थानीय सक्रिय युवाहरूकाे समूह ‘मटेला ब्वाइज’ले ठाँटी बजारलाई सफा राख्नका लागि ठाँटी मेलाकाे अवसरपारी शनिबार प्रत्येक घरलाई एक एक वटा डस्टविन वितरण गरेकाे हाे ।

फोहोरमैला ब्यबस्थापन प्रभाकारी बनाउनका लागि बजार क्षेत्रलाई व्यापक रुपमा सहयोग पुर्याउन मटेला ब्वाइज लागि परेको छ। यति मात्रै नभएर ब्वाईजले चिङ्गाड क्षेत्रका हरेक गतिविधिको बारेमा जानकारी तथा निगरानी राखेर चिङ्गाडलाई हर तरफबाट माथी उठाउन लागेको हो। आगामी दिनमा विविध रुपमा जुनसुकै क्रियाकलापमा सामाजिक, आर्थिक एवम् हर तरहका कार्यमा सहि तरिकाबाट अगाडि बढ्ने ब्वाइज ग्रुपले जनाएको छ ।

दैलेख , जाजरकोट र सुर्खेतको संगम स्थलको रुपमा रहेको चिङ्गाडकै मुख्य बजारलाई सफा राख्नका लागि डस्बिन सहयाेग गरिएकाे समूहका सल्लाहकार कृष्ण जिसीले जानकारी दिनुभयाे । समूहले आगामी दिनमा बजारमा अटो स्ट्रीट लाईट, छात्रबृत्ति, सरसफाई जस्ता कार्यक्रम लगायतमा अन्य थुप्रै कार्यक्रम सहयाेग गर्ने पनि याेजना बनाएकाे छ। भर्खरै मात्र स्थापना भएको मटेला ब्वाइजले राम्रो छविको उदाहरण तय गरेको स्थानीयले बताएका छन् ।