ब्राउनसुगर सहित २ जना पक्राउ
सुर्खेत
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीको बिशेष टोलीले मिति २०७४।०८।२६ गते अन्दाजी १६:३० बजेको समयमा जिल्ला सुर्खेत वीन नपा ६ गोदाम लाईन स्थित शेर बहादुर गुरूङको घर नजिकैबाट जिल्ला सुर्खेत वीन नपा ६ बस्ने बर्ष २१ को संजय गुरुङ र ऐ स्थित रहेको सुहानी व्युटी पार्लर संचालिका इशरा खनाललाई ८६५ मिलिग्राम लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरी आवश्य क अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।






