Loading... आजः ७ फाल्गुन २०८२, बिहीबार । Thursday 19th February 2026
ताजा खबर
  

कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं |

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको नतिजा प्रकाशित गरेको छ। आज बिहान बोर्डको बैठक बसेर नतिजा सार्वजनिक गर्ने निर्णय भएको हो।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले नतिजा सार्वजनिक गर्ने निर्णय भएको बताए। ‘कक्षा १२ को परीक्षाको नजिता सार्वजनिक गर्ने निर्णय भएको छ। सिष्टममा अपलोड हुँदैछ, केही समयमा हेर्न मिल्छ,’ उनले भने।

सात हजार ३६ जनाले ‘ए प्लस’ ग्रेड ल्याएका छन् भने ‘ए ग्रेड’ ल्याउने परीक्षार्थीको संख्या ४८ हजार तीन सय ३९ जना छ। ‘बी प्लस’ ग्रेड ल्याउने विद्यार्थी ७० हजार हाराहारीमा रहेको बोर्डले जनाएको छ। करिब एक लाख विद्यार्थीले ‘बी’ ग्रेड मात्रै ल्याएका छन् भने सि र डी ग्रेड ल्याउने विद्यार्थी पनि छन्। साथै दश हजार हाराहारी विद्यार्थीले ‘ई’ ग्रेड पनि ल्याएका छन्।

कक्षा १२ को परीक्षा गत भदौ ३० देखि असोज ८ गतेसम्म चलेको थियो। तीन लाख ८५ हजार विद्यार्थीले परीक्षा दिएका थिए। कोरोनाका कारण पटकपटक स्थगित भएर भदौमा भौतिक रूपमै विद्यार्थी उपस्थित भएर परीक्षा लिइएको थियो।