Loading... आजः ४ भाद्र २०८३, बिहीबार । Thursday 20th August 2026

सल्यानको रामपुरमा वातावरणको साधारणसभा सम्पन्न

सुर्खेत ।
वातावरण सुधार बहुउद्देश्यीय सहकारी संस्था लि. वीरेन्द्रनगर ८, सुर्खेतको उन्नाइसौं वार्षिक साधारणसभा अन्तर्गत एकाई नं. चारको एकाई बैठक बिहीबार सल्यानको रामपुरमा सम्पन्न भएको छ । सहकारी ऐन नियम अनुसार एकाई बैठकहरु मार्फत वार्षिक साधारणसभाहरु संचालन गर्नुपर्ने भएबमोजिम एकाई नं. चार अन्तर्गत सल्यानको कालिमाटी क्षेत्रमा रहेका सदस्यहरुको उपस्थितिमा आज रामपुरमा वार्षिक साधारणसभाको एकाई बैठक सम्पन्न भएको संस्थाका वरिष्ठ प्रवन्धक किरण बस्नेतले बताउनु भयो ।


संस्था संचालक समितिका अध्यक्ष चन्द्रलाल आचार्यको अध्यक्षतामा सम्पन्न उन्नाइसौ वार्षिक साधारणसभाको एकाई बैठकले संस्थाको चालु आ.व. २०७८/०७९ को ६ अरव ४५ करोड १० लाख ५१ हजार ३ सय ११ रुपैयाँ ९९ पैसाको संशोधित र आगामी आ.व. २०७९/०८० को ७ अरव ३७ करोड ८५ लाख ४ हजार २ सय ८६ रुपैयाँ ९९ पैसाको प्रस्तावित बजेट तथा कार्यक्रमलाई समेत स्वीकृत गरेको वरिष्ठ प्रवन्धक बस्नेतले जानकारी दिनुभयो ।