Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

राप्रपाको जनसभा स¥र्यो

सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टी कर्णाली प्रदेशले यही पौष २४ गते आयोजना गरेको कर्णाली प्रदेश स्तरीय जनसभा सरेको छ । मौसम पूर्वानुमान महाशाखाको मौसम सम्बन्धि जानकारीको आधारमा मौसम प्रतिकूल हुने भएपछि पार्टीको जनसभा सार्नु परेको कर्णाली प्रदेश समितिका अध्यक्ष दीपबहादुर शाहीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

सारिएको जनसभा आउदो माघ १५ गते हुने भएको छ भने कर्णाली प्रदेश समितिको विस्तारित बैठक भने तोकिएकै दिन यही पौष २३ गते हुने जनाइएको छ ।

कर्णाली प्रदेशमा हुने जनसभालाई सम्बोधन गर्नका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेन सुर्खेत आउने छन् ।