एमाले प्रदेश ईन्चार्ज कंडेलले पार्टी कब्जा गर्न खोजे- नेता शर्मा
सुर्खेत ।
नेकपा एमाले सुर्खेतका नेता डण्डी प्रशाद शर्माले कर्णाली प्रदेश ईन्चार्जले हैसिएत बिर्सीदै पाटी कब्जा गर्न खाेजेकाे बताउनु भएकोे छ ।
भर्खरै सम्पन्न भएको जिल्ला निर्वाचनमा जिल्ला अध्यक्षका उमेद्वार समेत रहेनुभएका शर्माले बिहिवार वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रदेश ईन्चार्ज यामलाल कंडेलले आफ्नो हैसिएत भुल्दै जिल्ला अधिवेशनमा केन्द्रीत भएको बताउनुभयो ।
जिल्ला निर्वाचनमा अमृत बिसि संग पराजित हुनु भएका शर्माले जिल्ला निर्वाचन सम्पन्न भएपश्चात विहिबार बिहान गरिएको सपथ ग्रहण कार्यक्रममा आफुलाई सहभागी नगराएको भन्दै शर्माले असन्तुष्टी व्यक्त गर्नुभयो । नयाँ बनेको जिल्ला कमिटीले निर्वाचनमा हारेका नेताहरुलाई एकताबद्ध बनाउन नचाहेको उहाँले दावी गर्नुभयो ।
जिल्लाको चौकुने र पञ्चुपुरी नगरपालिकाबाट निर्वाचनकै माध्ययमबाट नयाँ नेतृत्व आएकोमा खुुशी हुदैँ , सिम्ता, भेरीगंगा र वीरेन्द्रनगरमा सर्वसम्मतबाट आएको नेतृत्वलाई आफुहरुले नमानेको उहाँले उल्लेख गर्नुभयो ।
तिन पालिकाहरुमा सर्वसम्मत रुपमा नेतृत्व चयन गरिनुले जनताको बहुदलिय जनबादको आत्ममाथी प्रहार भएको आफुहरुको ठहर रहेको नेता शर्माले बताउनुभयो ।
महाधीवेशन प्रतिनिधी छनौटको प्रक्रीया गलत भएको दावी दावी गर्दै नेता शर्माले प्रदेश ईन्चार्ज यामलाल कंडेलले गुटको खेती सुरु गर्दा ईन्चार्जको कार्यशैलीमाथी आफुहरुले खबरदारी गरिरहेको उहाँले बताउनुभयो । कर्णाली प्रदेशका विभिन्न जिल्लामा जिल्ला अधिवेशनहरु भएता पनी पाटी कब्जा गर्नका लागी अन्य जिल्लामा नगई सुर्खेत अधिवेशनको निर्वाचन मण्डलको अध्यक्ष बन्नु विधान सम्वत नभएको उहाँको भनाई रहेको थियो ।
सहमती गर्ने नाममा अधिवेशनलाई तर्सीत बनाएको, आफुहरुलाई अधिवेशनमा निषेधको राजनीती गरेको, अधिवेशनमा सहभागी प्रतिनिधीहरु निर्वाचनमा जान चाहे पनी निर्वाचनले पार्टी ध्वस्त हुने भन्दै अपवाह फैलाएको नेता शर्माले टिप्पणी गर्नुभयो । अध्यक्ष मण्डलको भुमिका एक पक्षीय रहेको र प्रदेश ईन्चार्ज यामलाल कंडेलले प्रदेश ईन्चार्जको हैसिएत भुलेको उहाँले दावी गर्नुभयो ।
कर्णाली प्रदेशमा २० सिट जितेको एमाले पार्टी यामलाल कंडेलकै कारण प्रतिपक्षमा थान्कीनु परेको र एक सिट जितेको कांग्रेसले कर्णालीको नेतृत्व सम्हाल्नुमा प्रदेश ईन्चार्ज कंडेल मुख्य दोषी भएको उहाँले बताउनुभयो ।
जिल्ला कमिटीले पार्टीमा भएका कमिकमजोरी सुधार नगरे सडकबाटै ठेगान लगाउने उहाँले चेतावनी समेत दिनुभयो । जिल्ला कमिटीमा निर्वाचित भए पश्चात पाटी कब्जा भएको नठान्न जिल्ला नेतृत्वलाई उहाँले सुझाव समेत दिनुभएको छ ।
आफुलाई मतदान गर्ने प्रतिनिधीहरुलाई धन्यावाद ज्ञापन गर्दै वडा तह सम्म कार्यकर्ता भेटघाटको कार्यलाई निरन्तरता दिने र पार्टीभित्र अन्र्तरसंघर्ष गर्ने उहाँको भनाई रहेको छ ।






