कोटको थुम्कोमा एक साथ तीन कृति विमोचन हुँदै
सुर्खेत ।
पूर्वि सुर्खेतको सिम्ता गाउँपालिकामा रहेको पर्यटकीयस्थल कोटको थुम्कोमा एक साथ तीनवटा कृतिहरु विमोचनको तयारी भइरहेको छ । प्रा.डा. जीवेन्द्रदेव गिरीद्वारा लिखित तीनवटा कृति सिम्ताली–नेपाली शब्दकोष, सिम्तालीको भाषा वैज्ञानिक अध्ययन र सिम्ताली लोक गीतको अध्ययन नामक कृतिहरु विमोचन हुन लागेका हुन् ।

कृतिहरु यही फागुन १७ गते एक भव्य समारोहका बीच विमोचन हुने सिम्ताली एकता समाजका थुमान अधिकारीले बताउनु भयो ।
करिब ३ दशक लामो प्रयास पछि आफूले यी कृतिहरुको संरचना गर्न सकेको लेखक प्रा.डा. गिरीले बताउनु भयो । सिम्ताको बारेमा खोज अनुसन्धान गरेर सबैका लागि यी कृतिहरु तयार गर्न पाउँदा आफूलाई खुसी लागेको प्रा.डा. गिरीले बताउनु भयो ।
सिम्ता गाउँपालिकालगायत सिम्तामा रहेका स्थानीय संघ संस्थाहरुको आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । यो केवल सिम्ताको लागि मात्र नभई अन्य स्थानीय तहरुका लागि पनि सिकाइ हुनुपर्दछ ।







