ब्याट्रि विना नै बिद्युतीय सवारीसाधन गुड्ने
नेपालगन्ज, पुष ११
तीन पाङ्रे बिद्युतीय सवारीसाधनमा यहाँ ‘स्थित बागेश्वरी इण्टरनेशनलले नेपाल र भारतमै पहिलो पटक नयाँ आविष्कार गरेको छ ।

एक वर्षको अथक प्रयास पश्चात बागेश्वरी इण्टरनेशनलले बिद्युतीय सवारीसाधनमा ब्याट्रि बिना नै सडकमा गुड्ने सफल परिक्षण गरेको छ ।
हिजोको दिनमा बिद्युतीय सवारीसाधनलाई ब्याट्रि बिना सन्चालनमा ल्याउन असम्भवलाई अहिले सम्भव बनाई ब्याट्रि बिना सडकमा गुड्न सक्ने बनाइएको हो ।
ब्याट्रिलाई चार्ज गर्ने डिसी जेनेरेटरलाई प्रयोगमा ल्याई बिद्युत उत्पादन गरी मोटरसम्म पु¥याएर मोटर चलाउन सफल भएको हो ।
अब कुनै पनि बिद्युतीय सवारीसाधनलाई ब्याट्रिको आवश्यकता पर्दैन । ६÷६ महिनामा ठुलो धनराशी खर्च गरेर ब्याट्रि परिवर्तन गर्ने झमेलाबाट मुक्तीको साथै जेनेरेटरको सहायताले बिद्युत उत्पादन गरी मोटर चलाउन सकिन्छ । जेनेरेटर पेट्रोलको सहायताले सन्चालनमा आउने र १ लिटर पेट्रोलमा ८० किलोमिटर गुड्न सक्छ । बागेश्वरी इण्टरनेशनलका प्रबन्ध निर्देशक उदय सिंह श्रेष्ठले बताउँदै भन्नु भयो । बिधुतिय सवारीसाधनमा प्रयोग हुने ब्याट्रि चार्ज गर्न अत्याधिक बिद्युत उर्जा खतम हुने समस्या निराकरण हुनुको साथै खर्च निकै कम लाग्ने भएकोले यात्रुहरूले पनि सस्तो भाडा दरमा यात्रा गर्न सक्ने छन् ।
कुनै पनि बिद्युतीय सवारीसाधनमा यो प्रबिधि प्रयोगमा ल्याउन मिल्ने श्रेष्ठले दाबी गर्दै लोड सेटिङ्गबाट केही हदसम्म मुक्ति पाउन सकिने बताएका छन् । यो प्रबिधिमा वातावरण प्रदुषण समेत नहुने बताइएको छ भने यो प्रबिधिबाट सवारीसाधनको सामान्य भन्दा दोब्बर गतिले गुड्न सक्छ । यो प्रबिधि नेपाल र भारतमा अहिलेसम्म कसैले पनि गर्न सकेका थिएनन् ।
नेपाल सरकारले बिद्युतीय सवारीसाधनमा बिशेष सहुलियतको साथै भन्सार छुटको समेत व्यवस्था गर्दै आएको छ ।






