Loading... आजः १० बैशाख २०८३, बिहीबार । Thursday 23rd April 2026
ताजा खबर
  

नमुना मतदानमा झण्डै सात प्रतिशत मत बदर

सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा भएको स्थानीय तह निर्वाचनमा महिला, दलित तथा सिमान्तकृत समुदायको सहभागीता विषय प्रदेश स्तरीय सार्वजनिक सम्वाद कार्यक्रममा भएको नमुना मतदानमा झण्डै ७ प्रतिशत मत बदर भएको छ ।

No description available.

स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै वास नेपालद्वारा आयोजित उक्त कार्यक्रममा कर्णाली प्रदेशका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले भने, निर्वाचनलाई स्वच्छ, पारदर्शी बनाउने कुरामा सहयोग पुग्ने हेतुले यस्ता कार्यक्रमहरु भइरहेका छन् । तरपनि आचारसंहिता उलंङ्घनका कार्यहरु छिटफुट हुने गरेको पाइएको छ र त्यसो गर्नेहरुलाई सजग गराइएको छ । हदैसम्म गरेको खण्डमा उम्मेदवारी नै बदर गर्न सकिने भएकाले आचार संहिताको पालनामा सबैले ध्यान दिन आवश्यक छ ।

No description available.
कसैको डर, धाक धम्की र प्रलोभनमा परेर होइन आफूलाई मन परेको उम्मेदवारलाई मतदान गर्नका लागि सबैले ढुक्क हुनुपर्दछ । अपाङ्ग, असाहाय, ज्येष्ठ नागरिकलगायतलाई सहयोग गर्नु सबैको कर्तव्य हुने भएकाले त्यसतर्फ ध्यान चालिसेले अनुरोध गरे । मतदान केन्द्रमा हेल्प डेस्क रहने भएकाले पनि केही सहज हुने बताउँदै सुर्खेतका हकमा ३६ वटा चिन्ह भएको मतपत्र हुने भएकाले नआत्तिएर नझुक्किएर मतदान गर्नु पर्ने र जानेकाले अरुलाई सिकाउनु पर्ने चालिसेको भनाई थियो । त्यस अवसरमा सहभागीबाट छनोट गरी २९ वटा नमुना मतपत्रमा मतदान गराइएको थियो । जसमा २४ मत पूर्ण सदर भएका थिए भने ३ मत आंशिक सदर भएका थिए । मतपत्र नं. ६ मा मतदाता झुक्किएका थिए । त्यसैगरी २ मत पूर्ण बदर भएका थिए ।

सहभागीहरुको प्रश्नको जवाफ दिँदै चालिसेले भने, ‘यस पटकको मतदानमा मतदान गर्न नसक्ने फरक क्षमता भएका वा ज्येष्ठ नागरिकहरुको एकाघरको सदस्यले मतदाताको रोजाई अनुसार मतदान गर्न पाउने वा एकाघरको सदस्य नभएको खण्डमा मतदान अधिकृतले मतदान गरिदिनु पर्ने तर अन्य कोही कसैले कसैको तर्फबाट मतदान गर्न नपाउने व्यवस्था छ ।’

No description available.
मतदाता शिक्षाको अझ आवश्यक रहेको र त्यसलाई प्रभावकारी बनाउनका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गरी निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न आवश्यक रहेको बताउँदै वास नेपालका कर्णाली प्रदेश संयोजक घिरेन्द्र शाहीले निर्वाचनमा कसैको दवाव र प्रभावमा नपर्न अनुरोध गरे ।