वृद्धाश्रममा मनाइन् जयन्तीले छोराको जन्मदिन
सुर्खेत ।
अमेरिकामा बस्दै आएकी सुर्खेतकी जयन्ती थापाले वीरेन्द्रनगरमा रहेको प्रशान्ति बृद्धाश्रममा आफ्नो छोराको जन्म दिन मनाएकी छन् ।
अमेरिका गएका ८ बर्षपछि परिवारसहित नेपाल फर्किएकी थापाले बुधवार छोरा देशन चन्दको दशौं जन्मदिन बृद्धाश्रममा मनाएकी हुन् ।
जन्मदिनको अवसरमा उनले बृद्धाश्रममा आश्रितहरुलाई बिहानको खाना खुवाएकी छन् भने १५ हजार रुपैयाँ नगद सहयोग गरेकी छन् ।

लामो समयपछि नेपाल फर्किएकाले यहाँ गरिने सबै गतिविधिको सुरुआत् ज्येष्ठ आमाबुवाको आर्शिवाद लिएर सुरु गरेको उनले बताईन् । ‘कुनै पनि काम गर्दा बाबाआमाको साथ लिएर गर्नू भन्ने सामाजिक मान्यता हुन्छ, मैंले पनि यहाँ वृद्धाश्रममा भएका हजुरहरुबाट आर्शिवाद लिएर यहाँको बसाई र कार्यलाई सुखद् बनाउन चाहन्छु ।’ उनले भनिन् ।
२०१० मा अमेरिका गएकी थापाले आफ्नो जन्मभूमिमा विभिन्न खालका सहयोग गर्दै आएकी छन् । यस अवसरमा आश्रमले उनलाई सम्मान समेत गरेको थियो ।






