Loading... आजः ११ असार २०८३, बिहीबार । Thursday 25th June 2026
ताजा खबर
  

राष्ट्रपतिद्वारा राष्ट्रिय सभा अध्यादेश प्रमाणीकरण

१४ पुस, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा निर्वाचन सम्वन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटे लगतै राष्ट्रपतिले अध्यादेश जारी गरेकी हुन् ।

करिब दुई महिना अघि प्रमाणिकरणका लागि राष्ट्रपति कार्यालयमा पठाइएको अध्यादेश राजनीतिक खिचातानीका लागि प्रमाणिकरण भएको थिएन । प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काँग्रेसले सोच जस्तो जित हासिल गर्न नसकेपछि एकल संक्रमणिय निर्वाचन प्रणालीबाट राष्ट्रिय सभा गठन गर्नु पर्ने माग गरेको थियो भने एमालेले बहुमतीय प्रणालीबाट निर्वाचन गराउनु पर्ने माग गरेको थियो ।