Loading... आजः २४ जेष्ठ २०८३, आईतवार । Sunday 7th June 2026
ताजा खबर
  

विना रसिद पैसा संकलन गरेकोमा नगदसहित कागजात अख्तियारको कब्जामा

सुर्खेत।
विद्यार्थी भर्नाको क्रममा विना रसिद शुल्क लिएको आरोपमा अख्तियारको टोलीले नगद सहित कागजात नियन्त्रणमा लिएको छ । कक्षा ११ को भर्नाको क्रममा रसिद विनै रकम संकलन गरेको आरोपमा जन नमूना माध्यमिक विद्यालयका भर्ना सम्बन्धि कागजात र नगद अख्तियारले नियन्त्रणमा लिएको हो ।

नगद दुई लाख ७६ हजार ६९० रुपैया नगद र आवश्यक कागजात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका सूचना अधिकारी उप–सचिव भेषराज रिजालले जानकारी दिए।