त्रिवि कर्मचारी संघमा शाही विजयी
सुर्खेत ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस सुर्खेत बहुमुखी क्याम्पसमा कर्मचारी संघको निर्वाचनबाट धर्मराज शाही विजयी भएका छन् । त्रि.वि. कर्मचारी संघ सुर्खेत बहुमुखी क्याम्पस निर्वाचन समितिले दिएको जानकारी अनुसार प्रजातान्त्रिक प्यानलबाट धर्मराज शाही २१ मत प्राप्त गरी सभापतिमा विजयी भएका छन् भने उनका प्रतिस्पर्धी संयुक्त प्रगतिशील प्यानलका जनक बहादुर थापाले १३ मत मात्र प्राप्त गरेका छन् ।

यसै गरी उपसभापतिमा प्रजातान्त्रिक प्यानलबाट चन्द्रा ढकालले २० मत प्राप्त गरी विजयी भएकी छन् भने संयुक्त प्रगतिशील प्यानलबाट सीता खत्रीले १३ मतमै चित्त बुझाएकी छन् । सचिवमा प्रजातान्त्रिक प्यानलबाट यामलाल गौतलले २० मत प्राप्त गरी विजयी भएका छन्े भने संयुक्त प्रगतिशील प्यानलबाट राजन शर्माले १५ मत मात्र प्राप्त गरका छन् । कोषाध्यक्षमा प्रजातान्त्रिक प्यानलबाट दिनेश डाँगी २४ मतका साथ विजयी भएका छन् भने संयुक्त प्रगतिशील प्यानलबाट नरहरी पोखरेलले १० मत मात्र प्राप्त गरेका छन् । सदस्यहरुमा प्रजातान्त्रिक प्यानलबाट पूर्णप्रसाद लामीछानेले २० मत, सिंहबहादुर खत्रीले १९ मत पट्टुलाल थारुले २० मत, दलबहादुर माझीले १९ मत, तेजबहादुर थापाले १८ मत र बसन्ती सुनारले १८ मत प्राप्त गरी विजय भएका छन् ।
संयुक्त प्रगतिशील प्यानलबाट सदस्यहरुमा बलबहादुर थापाले १३ मत, पुतला खड्काले १६ मत, विष्णु सुनारले १३ मत विश्वराज थारुले १४ मत, मनिराम थारुले १५ मत र राजकुमारी भुजुवाले १६ मतमा चित्त बुझाएका छन् ।

मंसिर ४ मा संघीय तथा प्रदेश निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र समाजवादी लगायतका दलहरुको गठबन्धन भइरहेको बेलामा क्याम्पसको कर्मचारी संघमा भने नेकपा एमाले र माओवादी केन्द्रका बीचमा गठबन्धन भएको थियो । तरपनि नेपाली काँग्रेस निकट प्रजातान्त्रिक प्यानलले पुरै जित हात पारेको छ ।







