Loading... आजः २७ जेष्ठ २०८३, बुधबार । Wednesday 10th June 2026
ताजा खबर
  

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले गरे मतदान

सुर्खेत ।

नेपाली कांग्रेसका उपसभापति एवम् पूर्व गृहमन्त्री पूर्णबहादुर खड्काले सुर्खेतको गुर्भाकोट मतकेन्द्रमा मतदान गरेका छन् । उनी प्रतिनिधिसभा सदस्य पदमा सुर्खेत–१ मा उम्मेदवारसमेत छन् । खड्काले गुर्भाकोट–८ स्थित सूर्यज्योति मावि मेहलकुनाबाट मतदान गरेका हुन् ।

सुर्खेत–१ मा उनीसहित ८ जना उम्मेदवार छन् । सो क्षेत्रमा खड्काका मुख्य प्रतिस्पर्धीका रुपमा नेकपा एमालेबाट ध्रुवकुमार शाही उम्मेदवार छन् ।