Loading... आजः २१ बैशाख २०८३, सोमबार । Monday 4th May 2026
ताजा खबर
  

माघी महोत्सव हुने

सुर्खेत ।
सुर्खेतको बोटेचौरमा माघी महोत्सव हुने भएको छ । माघे सक्रान्तिको दिनदेखि ८ गतेसम्म संचालन हुने महोत्सव विगत १० वर्षदेखि लगातार रुपमा संचालन हुँदै आइरहेको हो । सोमबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा माघी महोत्सव हुन लागेको जानकारी गराइएको हो । गुर्भाकोट नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष शशिराम भट्टराईले उक्त महोत्सव सफल पार्नका लागि विभिन्न संघ संगठनहरुलाई आग्रह गरेका छन् । महोत्सवमा स्थानीय कला संस्कृतिको जर्गेना गर्दै सम्बन्धीत क्षेत्रको विकासमा टेवा पु¥याउने मुख्य उद्देश्यले महोत्सवको आयोजना गरिएको बताइएको छ ।

महोत्सवको आक्रषर्णको रुपमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरु, स्थानीय कला, सस्कृतिको प्रर्दशनीका साथै कृषि व्यापार तथा सास्कृति रहने छन् भने स्थानीय कृषि उत्पादनको प्रर्दशनी तथा प्रतियोगिता, खुल्ला भलिबल प्रतियोगिता, लोक संस्कृति झ्याउरे, टप्पा तथा पञ्चे बाजा प्रर्दशनी, झुला तथा बाल उद्यान समेत संचालन रहने छन् । करिब १ सय वटा व्यापारिक स्टल राखिने छन् । कलाकारहरुमा नायक निखिल उप्रेती, गायक रामजि खाड, खुमन अधिकारी, मिलन लामा, कमल खत्री, कृष्ण रेउले, चक्र बम, तृप्ती खड्का, राजेन्द्र भट्ट, धनराज चुनारा, सुकदेव अधिकारी, सरिता प्रजापती, पार्वती स्त्री, टंक तिमील्सेना, प्रकाश कंडेल, प्रकाश सोनी, भीम पौडेल, करिष्मा घर्तीको प्रस्तुती रहने आयोजकले जनाएको छ ।