Loading... आजः २० आश्विन २०८३, मंगलवार । Tuesday 6th October 2026

भ्रष्टाचार विरुद्ध मौन धर्ना, प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र

सुर्खेत ।

बागेश्वरी असल शासन क्लव (बास)ले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा मौन भ्रष्टाचार विरुद्ध मौन धर्ना दिएको छ।। जिल्लामा हुने गरेका अनियमितता, ढिलासुस्ती, घुसखोरी र भ्रष्टाचारविरुद्ध बास सुर्खेत शाखाले मौन रुपमा धर्ना दिएको हो।

No description available.

बास नेपालले मंगलबार देश भरिका ७७ वटै जिल्लामा यसै गरी धर्ना दिएसँगै बास नेपाल सुर्खेत शाखाको आयोजनामा जिप्रका सुर्खेतलाई ज्ञापन पत्रका साथसाथै धर्ना दिएको हो।

बास नेपाल सुर्खेतका अध्यक्ष भगवती विसीले जिल्लामा व्याप्त भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, घुसखोरी जस्ता बेथितिका विरुद्ध जिल्ला प्रशासन कार्यालयमा धर्ना सँगै ज्ञापनपत्र बुझाएको जानकारी दिइन्।

No description available.

साथै अध्यक्ष बिसीले असल शासन, सामाजिक जवाफदेहिता, सामाजिक सद्भाव, सामुदायिक सुरक्षा, युवा सशक्तिकरण, स्वयंसेवा, बाल अधिकार, बाल संरक्षण, लैंगिक हिंसा न्यूनिकरण, सामुदायिक सशक्तिकरण र संस्थागत विकासका क्षेत्रमा सुधारका लागि यो कार्यक्रम आयोजना गरिएको बताइन्।

No description available.

बासुले प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटालाई ज्ञापनपत्र बुझाइएको हो।

उक्त ज्ञापन–पत्रमा कुनै पनि सरकारी निकायले सरल र सहज ढंगले जनतालाई सुविधा दिनुपर्ने, सरकारी कर्मचारी जनताप्रति जवाफदेही हुनुका साथै सेवाग्राहीलाई सम्मान हुनुपर्ने उल्लेख छ।

No description available.

ज्ञापनपत्र बुुझ्दै प्रजिअ सापकोटाले कार्यालयमा हुने यस्ता कार्यप्रति आफूले निगरानी राख्नुको साथै हामीले सुशासन कायम गर्नलाई हामीले पूर्णरुपमा सचेत रहने प्रतिबद्धता जाहेर गरे।