Loading... आजः २१ असार २०८३, आईतवार । Sunday 5th July 2026
ताजा खबर
  

भारतमा भएको साहित्यिक कार्यक्रममा नेपाली चित्रकला प्रदर्शनी

भारत ।
भारतमा भएको साहित्यिक कार्यक्रममा नेपाली चित्रकला प्रदर्शनी भएको छ भने नेपाली साहित्यकारहरुलाई अभिनन्दन समेत गरिएको छ । राष्ट्रिय साहित्य प्रभा मंचको द्वितीय राष्ट्रिय महाअधिवेशनमा विक्रम शिशिरद्वारा निर्मित चित्रहरु प्रदर्शन गरिएको थियो ।

अधिवेशनको उद्घाटन सत्रमा साहित्यकार तथा कलाकारहरुलाई सम्मान तथा अभिनन्दन गरिएको थियो भने कृति बिमोचन तथा कला प्रदर्शनी समेत गरिएको थियो । दोस्रो सत्रमा रचना बाचन र तेस्रो सत्रमा कवि सम्मेलन भएको थियो ।

कार्यक्रम भारत नेपाल मैत्री भएकोले हाम्रो एैतिहासिक मुल्य मान्यता को सम्बन्ध रहेको यस्ता कार्यक्रमले हाम्रो सम्बन्ध अझै मजबुत हुने बिश्वास गरिन्छ नेपाल भारतको राजनीतिक भौगोलिक र जनस्तरमा समानता रहेको कुरा सर्वविदितै रहेको प्रमुख अतिथि सतीष शर्माले बताए ।

कार्यक्रममा बोल्दै हरि प्रसाद तिमिल्सिना भने साहित्यिक, ऐतिहासिक धार्मिक एवं सांस्कृतिक भाषिक ज्ञानको दृष्टिकोणले अत्यन्तै सुमधुर सम्बन्ध बनाई राख्न साहित्य मार्फत जनस्तरमा पुग्न सके दुई देश बीचको सम्बन्ध अझैँ मजबुत बनाउन सकिन्छ ।

राष्ट्रिय साहित्य प्रभा मंचको महासचिव श्रीमती प्राची मिश्राले सहजिकरण गरेको उक्त कार्यक्रममा भाषा साहित्य तर्फ प्राज्ञ हरि प्रसाद तिमिल्सिना, राजकुमार थारु, संगित प्रभात सुवेदी, चित्रकला उषा सुबेदी, बिक्रम शिशिर रहेका थिए । उक्त कार्यक्रममा बिक्रम शिशिर को एकल चित्रकला प्रदर्शनी भएको हो ।

भारतको बिभिन्न राज्य लगायत नेपालबाट पनि सहभागिता रहेको उक्त कार्यक्रमको अध्यक्षता मंचको अध्यक्ष श्री टि के सिंह परिहार, प्रमुख अतिथि श्री सतीष शर्मा जिल्ला अध्यक्ष मा ज पा सतना मध्यप्रदेश, विशिष्ठ अतिथि श्री हरि प्रसाद तिमिल्सिना प्राज्ञ नेपाल प्रज्ञा प्रतिष्ठान नेपाल, श्री सन्तोष सोनी भारत रहेका थिए ।