Loading... आजः १८ बैशाख २०८३, शुक्रबार । Friday 1st May 2026
ताजा खबर
  

सामाजिक सञ्जालमार्फत आएका उजुरी अध्ययन गरी कारबाही

काठमाडौँ, २४ पुस । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सामाजिक सञ्जालमार्फत नागरिकले पठाएका उजुरीलाई अध्ययन गरी कारबाही थालेको छ ।

ट्राफिक प्रहरीको मोबाइल एप्स, फेसबुक, ट्विटर, भाइबर लगायत सामजिक सञ्जालमार्फत सर्वसाधारणले गरेको गुनासो र उजुरीलाई अध्ययन गरी कारबाही थालिएको हो ।

लेन अनुशासन पालना नगर्ने, सडकमा जथाभाबी रुपमा सवारी पार्किङ गर्नेलगायत ट्राफिक नियम उल्लङ्घन गर्ने निजी तथा सरकारी साधनको तस्बिर खिंचेर ट्राफिक प्रहरीको सामाजिक सञ्जालमा पठाउनेबित्तिकै महाशाखाले उक्त सवारीधनीलाई बोलाएर आवश्यक सोधपुछ गरी कारबाही गर्ने गरेको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक मिलन बस्नेतले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दैनिक दुई दर्जनभन्दा बढी उजुरी महाशाखामा आउने गरेका छन् तीमध्ये आवश्यक अध्ययन गरेर ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि कारबाही गरेका छौँ ।”

उहाँले दैनिक पाँचदेखि सात वटा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीधनीमाथि कारबाही गरिएको बताउनुभयो । महाशाखाले ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनलाई रु एक हजार जरिवाना गर्दै आएको छ । रासस