Loading... आजः ९ बैशाख २०८३, बुधबार । Wednesday 22nd April 2026
ताजा खबर
  

रामजानकी सेवा आश्रम केन्द्र सुर्खेतको अध्यक्षमा केसी

सुर्खेत ।
सुर्खेतको वीरेन्द्रनगरमा रहेको रामजानकी सेवा आश्रम केन्द्रको २१ औं साधारण सभा एवम् पाँचौ अधिवेशन सम्पन्न भएको छ । उक्त अधिवेशनले निरन्जन केसीलाई आश्रमको अध्यक्षमा निर्विरोध चयन गरेको छ ।

May be an image of 3 people and text
केसीको अध्यक्षतामा चयन भएको १३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा शिवप्रसाद गौतम सचिवमा नारायण प्रसाद तिमिल्सिना र कोषाध्यक्षमा सोमप्रसाद दाहाल निर्विरोध निर्वाचित गरेको छ ।

May be an image of 12 people, people smiling and temple
यसैगरी सदस्यहरुमा कमल शाही, पूर्णदेव अधिकारी, उमा कुमारी कार्की ढकाल, जयबहादुर बुढाक्षेत्री, तिलकराम आचार्य, टीकाकुमारी ढकाल (भण्डारी), तुल्सिदास बिसी, टेकबहादुर खत्री र देवेन्द्रदेव गिरीलाई चयन गरेको छ ।