Loading... आजः ७ जेष्ठ २०८३, बिहीबार । Thursday 21st May 2026
ताजा खबर
  

गंगामाला धार्मिक वन समूहको अध्यक्षमा रावत

सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १० र ११ मा रहेको देउती बज्यै सामुदायिक वन उपभोक्ता समूहमा रहेको वनबाट २५ हेक्टर बराबर वनलाई धार्मिक वनमा परिणत गर्ने कार्य भइरहेको छ । उक्त धार्मिक वनका लागि तदर्थ समिति समेत गठन भएको छ । चक्र बहादुर रावतको अध्यक्षतामा उपाध्याय खड्क बहादुर खत्री, सचिवमा सञ्जिता वली, कोषाध्यक्षमा दीपा शर्मा चयन भएका छन् । यसैगरी सदस्यहरुमा नरबहादुर बिसी, मान बहादुर बिसी, शेर बहादुर चौधरी, सहबीर सुनार, भक्त बहादुर बुढा, इन्द्रा महतारा र निर्मला भट्टराई चयन भएका छन् ।

May be an image of 12 people, people smiling and text
शनिवार भएको भेलामा कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव आनन्द सारुले भने, जंगललाई नमासेर धार्मिक क्रियाकलाप गर्न सकिने भएकाले धार्मिक वनमा कुन क्षेत्रमा के निर्माण गर्ने भन्ने बारेमा समितिले कार्यविधि निर्माण गर्नुपर्दछ । कर्णाली प्रदेश सरकारले सहयोगापेक्षी मानवरहित प्रदेश निर्माणको योजना ल्याएकाले धार्मिक वनमा बन्ने संरचनामा मानवसेवालाई पनि विस्तार गर्दै लगिने सचिव सारुको भनाई थियो ।

May be an image of 4 people
यसै गरी भेलामा सहकारी संघका अध्यक्ष अमृत बहादुर बुढाले जुन लक्ष्य र योजनाका साथ सामुदायिक वनको केही भागलाई धार्मिक वन बनाउन थालिएको छ त्यसले भविष्यमा रोजगारी समेत सिर्जना गर्ने बताए । भेलामा वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ का वडाअध्यक्ष खिमलाल देवकोटा, वडा नं. १० का पूर्ववडाअध्यक्ष रत्नबहादुर बुढा, पूर्व प्रदेश सभा सदस्य पदमा खड्कालगायतको उपस्थिति रहेको थियो ।

उक्त क्षेत्रलाई धार्मिक वनमा रुपान्तरण गर्न देउती बज्यै सामुदायिक वन उपभोक्ता समूहको भेलाले भदौ ८ गते नै निर्णय गरिसकेको थियो ।