ज्योतिष परिषद् कर्णाली प्रदेशको अधिवेशन २१ गते
सुर्खेत ।
नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेशको अधिवेशन यही वैशाख २१ गते हुने भएको छ । नेपाल ज्योतिष परिषद् कर्णाली प्रदेश समितिले दिएको जानकारी अनुसार वीरेन्द्रनगर सुर्खेतको फूलवारी होटलको सभा हलमा अधिवेशनको तयारी भइरहेको छ ।
अधिवेशनमा केन्द्रीय अध्यक्ष ज्यो. माधवराज पाण्डेको समेत सहभागीता रहने केन्द्रीय समितिले जनाएको छ । यतिबेला जिल्ला–जिल्लाबाट प्रतिनिधिहरुको नामावली आउने क्रम जारी रहेको कर्णाली प्रदेशका अध्यक्ष ज्यो. डा. गौरीशंकर शर्माले जनाए । उनका अनुसार प्रदेशभरबाट करिब ५५ जना र प्रदेश समितिका सबै स्वतः पार्षद हुने व्यवस्था अनुसार जम्मा ७० जना अधिवेशन प्रतिनिधिहरुको सहभागीता रहनेछ । अधिवेशनले नयाँ कार्यसमितिको चयन गर्ने कार्य तालिका समेत रहेको छ ।
उद्घाटन सत्रलाई भव्य र सभ्य बनाउनका लागि प्रदेश स्थिति सबै ज्योतिषहरुको उपस्थितिका लागि अनुरोध गरिएको महासचिव ज्यो. विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।







