राष्ट्रिय एकता दिवसमा चियापान कार्यक्रम
सुर्खेत २७ पौष
२ सय ९६ औं पृथ्वीनारायण शाहको जन्मजयन्तिसँगै नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय एकता दिवसको अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति सुर्खेतको आयोजनामा चियापान कार्यक्रम गरिएको छ ।

चियापान कार्यक्रममा राप्रपाका ६ नं. प्रदेश संयोजक एवम् ंकेन्द्रिय सदस्य मुकुन्दश्याम गिरी, ओमबहादुर जिसी, भद्र बहादुर शाही लगायत पार्टीका विभिन्न भातृ संगठनका पदाधिकारीहरुको उपस्थिति रहेको छ । पृथ्वीनारायण शाहेका तस्वीरमा माल्यापण गरि शुरु गरिएको कार्यक्रममा राप्रपाका जिल्ला स्थित नेता तथा कार्यकर्ताहरु समेतको उपस्थिति रहेको थियो ।







