६ न प्रदेश प्रमुख खनालद्वारा पदभार ग्रहण
माघ ७ सुर्खेत
६ नम्बर प्रदेश प्रमुख दुर्गाकेशर खनालले आईतवार प्रदेश प्रमुखको कार्यालय सुर्खेतमा पदभार ग्रहण गरेका छन् ।

आईतवार विहानै सुर्खेत आईपुग्नुभएका प्रमुख खनालले पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहणका अवसरमा प्रमुख खनाललाई नेपाली सेनाको १ टुकडीले सलामी दिएको छ ।
पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रमुख खनाललाई नेपाल सरकारका उच्च ओहोदाका कर्मचारीहरुले समेत स्वागत गरेका थिए ।
पदभार ग्रहण पछि सम्बोधन गर्दै प्रदेश प्रमुख खनालले आफु संबिधानको मर्म र भावना अनुरुप अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले नयाँ युग नयाँ वाटोवाट अघि वढेकाले ६ नम्वर प्रदेशलाई समृद्ध गराउनका लागी सवैको साथ सहयोग आवश्यक रहेको वताए ।
प्रदेश प्रमुख खनालले आइतबार दिउसो १ बजे प्रदेश सभाका जेष्ठ सदस्य हिम वहादुर शाहीलाई सपथ खुवाउने कार्यक्रम रहेको छ ।
साढे १ बजे बैठकको अध्यक्षता गर्ने जेष्ठ सदस्य शाहीले अन्य ३९ प्रदेश सभा सदस्यलाई सपथ खुवाउने कार्यक्रम रहेको छ । ६ नम्बर प्रदेशमा प्रत्यक्ष तर्फ २४ जना र समानुपातिक तर्फबाट १६ जना प्रदेशसभा सदस्य रहेका छन् ।








