Loading... आजः २२ असार २०८३, सोमबार । Monday 6th July 2026
ताजा खबर
  

६ नम्वर प्रदेशमा राष्ट्रिय सभाका लागि उम्मेदवारी दर्ता

माघ १० सुर्खेत ।
मुख्य निर्वाचनको कार्यालय सुर्खेतमा राष्ट्रिय सभाकालागि प्रदेश नम्वर ६ का तीन राजनीतिक दलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । ६ नम्वर प्रदेशबाट राष्ट्रिय सभाकालागि ८ जना प्रतिनिधि चुनिनेमा तीन दलका गरि १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । बाम गठबन्धका एमालेबाट ५ जना, माओवादी केन्द्रबाट ३ जना र नेपाली काँग्रेसबाट ४ जना गरि १२ जनाले उम्मेदवारी दर्ता गराएका हुन ।


६ नम्वर प्रदेशबाट राष्ट्रिय सभामा नेकपा एमालेको तर्फबाट नन्दा चपाई, ठगेन्द्र पुरी, कविता बोगटी, भैरवसुन्दर श्रेष्ठ र नरपति लुहारले उम्मेदवारी दर्ता गराएक छन भने माओवादी केन्द्रबाट कालिबहादुर मल्ल,यूटुल तामाङ र जीवन बुढा रहेका छन । यसैगरी नेपाली काँग्रेसले गोपालबहादुर शाही, सुर्यदेवि मल्ल र मित्रलाल सार्कीले उम्मेदवारी दिएका छन् ।
एकल संक्रमणिय मतदान प्रणालीबाट यस प्रदेशमा ८ जना निर्वाचित हुने भएकोमा दलित र अपांगको हक बहुमतिय प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको मुख्य निर्वाचन अधिकृत मेदिनी प्रसाद पौडेलले बताए ।


६ नम्वर प्रदेशमा राष्ट्रिय सभाकालागि १ सय ९८ जनाले मतदान गरि ८ जना प्रतिनिधि चुन्ने छन् । ६ नम्वर प्रदेशमा ७९ स्थानिय तहबाट १ सय ५८ जनाले मतदान गर्ने छन् । यसैगरी प्रदेश सभाका ४० जना सदस्यले पनि मतदान गर्ने भएका छन् । जसमा बाम गठबन्धनको नेकपा एमालेको ७५ जना माओवादी केन्द्रका ६५ गरि १ सय ४० मतदाता रहेका छन । यसैगरी नेपाली काँग्रेसका ५७ जना मतदाता रहेका छनभने राप्रपा नेपालक एक जना गरि १ सय ९८ जना मतदाता रहेका छन ।