Loading... आजः ९ असार २०८३, मंगलवार । Tuesday 23rd June 2026
ताजा खबर
  

पेट्रोलियम पदार्थ भण्डारणको खाँचोः मन्त्री चन्द

सुर्खेत

नेपाल सरकारका आपूर्ति मन्त्री जयन्त चन्दले सुर्खेतमा रहेका साल्ट ट्रेडिङ्ग कर्पोरेशन, आयल निगम र खाद्य डिपोको निरीक्षण गरेका छन् ।

Image may contain: 6 people, outdoor

मिडिया नेपाल सुर्खेतले आयोजना गरेको पत्रकार सम्मेलनमा आपूर्ति मन्त्री जयन्त चन्दले खाद्यन्न ढुवानीको कुनै समस्या नरहेको बताएका छन् । मन्त्री चन्दका अनुसार ६ नं. प्रदेशका जुम्ला, हुम्ला, मुगु, डोल्पा कालिकोट लगायतका जिल्लाहरुमा ढुवानी गर्नु पर्ने खाद्यन्न ८ हजार २ सय मे.टन मध्य अहिलेसम्म ८ हजार १ सय मे. टन ढुवानी भइसकेको बताए ।


बजार व्यवस्थापनदेखि मूल्यको सन्तुलनका लागि प्रभावकारी कानूनको खाँचो रहेको बताउँदै मन्त्री चन्दले भने, हामीले कानूनको खाका बनाइसकेका छौं अब केही दिनमा नयाँ सरकार बन्दै छ । अब बन्ने सरकारले त्यसलाई पूर्णता दिनु आवश्यक छ । कानून भन्दा माथि कसैलाई जान दिन नहुने बताउँदै मन्त्री चन्दले थपे, छिमेकी मुलुकबाट आयत हुने सामग्रीहरुमा आत्मनिर्भर बन्नका लागि हामी आफैले उत्पादन तर्फ ध्यान दिन जरुरी छ ।

सुर्खेत ६ नं. प्रदेशको अस्थायी राजधानी समेत भएकोले पेट्रोलियम पदार्थको भण्डारणको खाँचो रहेको बताउँदै तत्कालका लागि डिपोको व्यवस्था गर्न काम शुरु भएको जानकारी दिए । पेट्रोलको मूल्य बृद्धिका बारेमा राखिएका जिज्ञासामा उनले अन्तर्राष्ट्रिय मूल्य घटबढका आधारमा मूल्य बढेको बताए ।


निर्वाचनमा पार्टीले व्यहोर्नु परेको हारको कारण राप्रपाका नेताहरुले आफ्ना भावी योजनाहरुलाई जनताका माझमा पु¥याउन नसकेको भन्दै अबका दिनमा संगठन विस्तारमा लाग्ने समेत बताएका छन् । एक पटकको हारबाट कोही पनि नेता तथा कार्यकर्ताहरु विचलित नहुन समेत उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अनुरोध समेत गरे । कार्यक्रममा प्रदेश सभा सदस्य शोशीला शाही लगायत पार्टीका केन्द्रिय सदस्यहरु मुकुन्दश्याम गिरी, भद्र बहादुर शाही लगायतको उपस्थिति रहेको थियो ।