Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

प्रदेश आइडलको ट्राक राउन्ड सम्पन्न

सुर्खेत ।

सिङ्गारो म्युजिक प्रा.लि.को आयोजनामा वीरेन्द्रनगरमा भईरहेको प्रदेश आइडल कार्यक्रम अन्र्तगत शनिबार ट्राक राउन्ड सम्पन्न भएको छ । पहिलेको अडिसनबाट छानिएका १८ मध्य ट्राक राउन्ड मार्फत १३ प्रतिस्पर्धी छनौट भएका छन् । निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी १३ प्रतिस्पर्धी छानिएका हुन् । भ्याली भ्यु कटेज वीरेन्द्रनगरमा सम्पन्न कार्यक्रम मार्फत छानिएका १३ प्रतिस्प्रर्धीहरु लागि एसएमएस भोटिङ्ग आइतबार देखि खुला गरिने आयोजकले जनाएको छ ।

सावित्री अधिकारी, महेन्द्र बि.क., बिराज थापा मगर, हिक्मत शाही, अर्जुन पुन मगर, रवी ओड, सागर हमाल, पेमा सन्दुक लामा, खाँडजी परियार, आशिष बुढा, बिपना चन्द, शंकर हमाल र खगिसरा शाही ट्राक राउन्ड मार्फत छानिएका हुन् । आइतबार (आज) देखि एसएमएस भोटिङ्ग सुरु हुदैछ । कर्णाली प्रदेशमा लुकेर रहेका प्रतिभा उजागरका लागि आयोजना गरेको प्रदेश आइडल कार्यक्रममा प्रथम हुनेलाई नगद रु. तिन लाख, दोस्रोलाई दुई लाख, तेस्रोलाई एक लाख र सान्त्वना रु पचास हजार पुरस्कार रहेको आयोजकले जनाएको छ । कार्यक्रमको प्रसारण स्थानिय समाबेशी टेलिभिजन र श्रीनाथ अनलाईन टेलिभिजनमा पनि हेर्न सकिने आयोजकले बताएको छ ।