Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

पाँचथरी रोगीलाई प्रतिव्यक्ति रु २५ हजार

 

उर्लाबारी, मोरङ, २७ फागुन

बेलबारी नगरपालिकाले पाँच प्रकारका बिरामीलाई उपचारका लागि प्रतिव्यक्ति रु २५ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

नगर कार्यपालिकाको बैठकबाट अर्बुद, मुटुरोग, मिर्गौला प्रत्यारोपण, बोनम्यारो ट्रान्सप्लान्ट र स्पाइनल कर्ड इन्जुरीका बिरामीलाई आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको बेलबारी नगरपालिकाका उपप्रमुख ढाकाकुमारी पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ती रोगबाट पीडितको खोजी तथा प्रतिवेदन संकलन भइरहेको छ । अहिलेसम्म ११ पीडितको विवरण आइसकेको र आउने क्रम जारी छ । नगर कार्यकालिकाको सो निर्णयपछि विपन्न रोगीलाई उपचारमा थप सहयोग पुग्ने उहाँले बताउनुभयो । रोग लागेको अस्पताल तथा चिकित्सकले प्रमाणित गरेपछि नगरपालिकाले उक्त रकम उपलब्ध गराउने उपप्रमुख पराजुलीले बताउनुभयो ।

(रासस)