Loading... आजः २९ बैशाख २०८३, मंगलवार । Tuesday 12th May 2026
ताजा खबर
  

प्रधानमन्त्री ओलीलाई विश्वासको मत प्राप्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभासमक्ष विश्वासको मत लिएका छन् । संविधानको धारा ७६(२) बमोजिम प्रधानमन्त्री चयन भएका ओलीले सोही धाराको उपधारा (४) बमोजिम विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्री ओलीले लिए संसद्मा विश्वासको मत, पक्षमा २०८  

प्रधानमन्त्री ओलीको प्रस्ताव बहुमतले पारित भएको सभामुख कृष्णबहादुर महराले घोषणा गरेका थिए ।  प्रतिनिधिसभामा आइतबार भएको मतविभाजनका आधारमा उनले विश्वासको मत लिएका हुन् ।

२७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीको पक्षमा  २०८ मत प्राप्त भएको थियो भने विपक्षमा ६० मत प्राप्त भएको थियो । संसदको आइतबारको बैठकमा २६८ सदस्यको उपस्थिति रहेको थियो ।

पक्षमा नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, स्वतन्त्र लगायतका राजनीतिक दलका सांसदले मतदान गरेका छन् ।

प्रतिनिधिसभामा नेकपा एमालेको १२१, माओवादी केन्द्रको ५३, राजपाको १६, संघीय समाजवादी फोरम नेपालको १६, राजमोको १, राप्रपाको १, स्वतन्त्र १ रहेका छन् ।

विपक्षमा नेपाली कांग्रेस रहेको छ । नेपाली कांग्रेसको जम्मा ६३ सिट रहेको छ भने नयाँ शक्ति पार्टीका सांसद बाबुराम भट्टराई देशबाहिर रहेका छन् । संसद्मा अहिले २७५ सदस्य रहेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिन १३८ सांसद् आवश्यक पर्दथ्यो ।