मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
चैत्र १० सुर्खेत ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. १० घुस्रामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । सुर्खेत भेरीगंगा नगरपालिका १ बस्ने बर्ष १८ को बसन्त श्रीस घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भे २ प ६५६५ नं.को मोटरसाइकल अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किदा मोटरसाइकलमा पछाडि सवार श्रीसको मृत्यु भएको जनाइएको छ । चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ बस्ने बर्ष ३० का प्रेम बहादुर सलामी गम्भिर घाइते भएका छन् । उनको सुर्खेतको देउती नसिङ्ग होममा उपचार भइरहेको छ । प्रारम्भिक अनुसन्धानमा अनुसार चालकले मादक पदार्थ सेवन गरेको बुझिएको प्रहरीले जनाएको छ । दुर्घटना भएको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।






