गजल- कृष्ण प्रसाद अधिकारी
नहुदै बिहानी केही पढेर देखाउनु छ
समाजमा अली अघी सरेर देखाउनु छ ।

बिग्रीयो देस दुनीयाँ भन्दै हीड्न थाले
प्रतिष्ठाको लडाई अव लडेर देखाउनु छ ।
बिद्धानका कुरा सधै बजार बजारमा नाच्छन्
सत्य र तथ्य साबित गरेर देखाउनु छ ।
सबै रहर र बाचा पुरा भएछन अव
भन्न थाले जहाँज अनी रेल चढेर देखाउनु छ ।
रिति रिवाज चालचनल छोडदै जाने हो भने
दियो बती मैले पनि बालेर देखाउनु छ ।
भगवतीमाई गाउँपालिका ४ दैलेख
हालः गुराँस कम्प्युटर इन्ष्टिच्युट दुल्लु दैलेख









