१० औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रानीवासमा शुरु
सुर्खेत, चैत २७ ।
१० औं राष्ट्रपति रनिङ्ख शिल्ड प्रतियोगिता सुर्खेतको रानीवासमा शुरु भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजना र जनता माध्यामिक विद्यालय रानीवासको सह–आयोजनामा प्रतियोगिता शुरु भएको हो । प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेशका भौतिक विकास तथा पूर्वाधार मन्त्री खड्ग खत्रीले गर्नुभयो ।

उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खत्रीले रनिङ्ग शिल्डलाई राम्रो संग सञ्चालन गर्न खेलाडीहरुले अनुशासित भएर खेल प्रर्दशन गर्नेछन् भने एम्पाएरहरुले न्यायको तराजु समातेर न्याय दिनेछन् भन्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले अहिलेको विकास निर्माण डोजरमय भएको उल्लेख गर्दै स्थानीय जनतालाई रोजगारी दिन र भौगोलिक अवस्था विग्रन नदिन आग्रह गर्नुभयो । कार्यक्रममा मन्त्री खत्रीले प्रदेश सरकारले दिन सक्ने बजेट प्राथमिकताको आधारमा वितरण गर्ने उल्लेख गर्दै गाउँ र नगरपालिकाले पनि प्राथमिकताका आधारमा काम गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य विन्दमान विष्टले स्थानीय तहले खेलकुदको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । गाँउ स्तरवाटै खेलकुदको विकास गर्नुपर्ने र सुर्खेत जिल्लावाटै लागु औषध दुव्र्यसनीको अन्त्य गर्न सवैले प्रण गर्नुपर्ने बताउनुभयो । त्यस्तै, प्रदेशसभा सदस्य सीता नेपालीले खेलकुदको विकासका लागि आँफुहरुले उचित पहल गर्ने बताउनुभयो । रानीवासलाई खेलकुद र पर्यटनको विकास गर्न पहल गर्नुपर्नेमा जोड दिनुभयो ।

प्रतियोगितामा सुर्खेतका विभिन्न विद्यालयका ९ सय भन्दा धेरै खेलाडीहरुले प्रतिस्पर्धा गर्दैछन् । भलिवल, उसु, तेक्वान्दो, कराँते, एथ्लेटिक्स र कबड्डी गरी ६ खेलमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । जिल्लाको खेलकुदका लागि रानीवासमा प्रतियोगिता हुनु निकै खुशीको कुरा भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चन्द्र कुमार गिरीले बताउनुभयो । प्रतियोगितामा योगदान गरे वापत जिल्ला खेलकुद तथा विद्यालयका तर्पmवाट विभिन्न व्यक्तिहरुलाई सम्मान समेत गरिएको थियो । सह–आयोजक एवं जनता मावि रानीवासका प्राधानाध्यापक विनोद कुमार यादवले रनिङ्ग शिल्डको आयोजना गर्न पाउनु आँफुहरुका लागि गर्वको विषय भएको उल्लेख गर्दै यो प्रतियोगिताले अठोटका साथ शुरु गरिएको काममा सफलता पाइदोरहेछ भन्ने अनुभूती भएको बताउनुभयो ।
रानीवासलाई आँप्mनो पहलमा उदाहरणीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उहाँको भनाई थियो । प्रतियोगीतामा भलिबल र कबडीमा समान १८ स्वर्ण, १८ रजत र १८ काँस्य पदक दिने भएको छ भने उसु र तेक्वान्दोमा पनी समान ६ स्वर्ण, ६ रजत र १२ काँस्य, दिईने भएको छ । यस्तै कराँतेमा ८ स्वर्ण, ८ रजत र १६ काँस्य, एथलेटिक्समा ३८ स्वर्ण, ३८ रजत र ३८ काँस्य पदक सहित १३२ काँस्य पदक हस्तान्तरण गरिने भएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य सीता नेपाली, पद्मा खड्का, विन्दमान विष्ट, जिल्ला समन्वय समितिका संयोजक छविलाल सिग्देल, चिंगाड गाउँपालिकाका अध्यक्ष देववहादुर चन्द, सीम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र केसी, भेरीगंगा नगरपालिकाका प्रमुख भुपेन्द्र चन्द, गुर्वाकोट नगरपालिका प्र्रमु हस्त पुन लगायतको सहभागिता रहेको थियो । कार्यक्रमलाई आर्कषक बनाउनका लागि नृत्य निर्देशक कुलमान नेपालीले निर्देशन गर्नुभएको साँस्कृतीक कार्यक्रम प्रस्तुत गरिएको थियो ।






