Loading... आजः २७ बैशाख २०८३, आईतवार । Sunday 10th May 2026
ताजा खबर
  

देलान त रमेशले राजीनामा

काठमाडौं २८ चैत्र ।
नेपाल प्रहरीको महानिरीक्षक पदको दावेदार डिआईजी रमेश खरेलले पदबाट राजीनामा दिने तयारी गरेको चर्चा चलिरहेको छ । सरकारले सहब्याची सर्वेन्द्र खनाललाई महानिरीक्षक (आईजीपी) बनाएपछि खरेल असन्तुष्ट छन् । उनले आज बिहान ११ बजे पदबाट राजीनामा दिने बताएका छन् । पत्रकारसँग कुरा गर्दै खरेलले भने, ‘म अपमानित भएर काम गर्दिनँ, आजै राजीनामा दिन्छु ।’

खरेलले आफू आईजीपी बन्ने उद्देश्यअनुसार प्रहरी सेवामा लागे पनि सरकारले पद्धति मिचेर त्यसलाई रोकिदिएको गुनासो गरे । ‘म आईजीपी बन्ने मिसनअनुसार लागेको थिएँ । तर अब ह्युमिलेट (अपमानित) भएर काम गर्न सकिँदैन ।’ उनले मुद्दा मामिला नगर्ने र बाहिरै बसेर प्रहरीलाई सघाउने पनि बताए । उनले राजीनामा दिने कुरा बाहिर आएपछि उनको राजीनामा रोक्ने प्रयास भइरहेको पनि बताइन्छ । तर उनले राजीनामा दिन्छन् वा दिदैनन् यसै भन्न सकिदैन ।