Loading... आजः १४ भाद्र २०८३, आईतवार । Sunday 30th August 2026

जेललाई सुधार गृहमा विकास गरिनेछ : मुख्यमन्त्री शाही

सुर्खेत, वैशाख २१ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जेललाई सुधार गृहका रुपमा विकास गरिने वताउनुभएको छ । शुक्रवार सुर्खेत कारागारको निरिक्षणमा पुग्नुभएका मुख्यमन्त्री शाहीले अपराधमुक्त समाज निर्माणको लागि जेललाई सुधारगृहमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

Image result for जेल
मुख्यमन्त्री शाहीले कैदीहरुलाई आयआर्जन र उत्पादनमुलक काममा लगाएर मुलुकको आर्थिक विकासमा योगदान पुर्याउन सकिने वताउनुभयो । ‘आयआर्जन र उत्पादनमुलक कामका लागि आवश्यक वजेट तथा कच्चा पदार्थ र वजारको व्यवस्था सरकारले गर्छ ।’ कैदीवन्दीहरुको ज्ञापन पत्र वुझदै मुख्यमन्त्री शाहीले भन्नुभयो–‘तपाईहरु खाली हात नवस्नुस, उत्पादनमुलक काममा लाग्नुहोस ।’

कारागारमा कैदीहरुले आधारभुत मानवीय सुविधा पाउनुपर्नेमा जोड दिदै मुख्यमन्त्री शाहीले कारागारमा देखिएका शौचालय, खानेपानी, पुस्तकालय, खेलसामाग्री लगायतका समस्या सामाधानका लागि जेलप्रशासनलाई निर्देशन दिनुभएको छ । मुख्यमन्त्री शाहीले कैद सजाय भुक्तान पछि समाजमा पुनस्र्थापित हुन सजिलोको लागि कैदीहरुलाई मनोसामाजिक तथा सीपमुलक तालिमको व्यवस्था गर्नुपर्ने वताउनुभयो ।

५० जनाको क्षमता रहेको कारागारमा १९७ जना कैदी रहेको वताउदै कैदीवन्दीहरुले निर्माणाधिन भवन यथासिघ्र निर्माणका लागि पहल गरिदिन माग गरेका छन् । मुख्यमन्त्री शाहीसंग कैदीवन्दीहरुले उपचार तथा अदालत आवतजावतका लागि गाडि, औषधि, सीपमुलक तालिम लगायतका माग पनि राखेका थिए ।
कारागार निरिक्षणमा मुख्यमन्त्री शाही संगै प्रमुख जिल्ला अधिकारी प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदी पुग्नुभएको थियो ।