बरामद अवैध मदिरा नष्ट
सुर्खेत
जिल्ला प्रहरी कार्यालय सुर्खेतले बिगत केहि महिनादेखि अपरेशन क्लिन–२ नामबाट अबैध मदिरा नियन्त्रण अभियान सञ्चालन गरिरहेको थियो । उक्त अपरेशनमा बरामद भएको अबैध मदिरा नष्ट गरेको छ ।

यही वैशाख २४ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतका साथै मातहत प्रहरी यूनिटहरुले आ–आफ्नो वाड एरियामा मदिरा नियन्त्रण सम्बन्धि अपरेशन सञ्चालन गर्दा बी.न.पा. ६, बसपार्क लाईन र बी.न.पा ९ लालिकोईलीबाट तयारी अबैध घरेलु मदिरा १५० लि., कच्चा पदार्थ ५५ लि. र २ सेट मदिरा पकाउने सामाग्री, गुर्भाकोट न.पा. ८ मेहलकुनाबाट ६० लि. तयारी अबैध घरेलु मदिरा, १२ ड्रम कच्चा पदार्थ र २ सेट भाडा, भे.गं.न.पा. ९, जहरेबाट ५० लि. तयारी अबैध घरेलु मदिरा, ४ ड्रम कच्चा पदार्थ र १ सेट भाडा, भे.ग.न.पा. ११ रामघाटबाट ३४ लि. तयारी अबैध घरेलु मदिरा र १ सेट भाडा गरि जम्मा २९४ लि. तयारी घरेलु मदिरा, १६ ड्रम साथै थप ५५ लि. कच्चा पदार्थ , ६ सेट मदिरा बनाउने भाडा बरामत गरि नष्ट गरेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।






