Loading... आजः २४ बैशाख २०८३, बिहीबार । Thursday 7th May 2026
ताजा खबर
  

काव्य श्रृङ्खला ख मा गजलमै आगो बल्यो

सुर्खेत
मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजले आयोजना गरेको काव्य श्रृङ्खला ख मा गजलकारहरुले गजलमै आगो बालेका छन् । गजलकार खगेन्द्र अटल, भरत प्रमोद दाहाल, संगीता थापा र इश्वर दाहालले गजल वाचन गरेका थिए । सुर्खेतको जिल्ला समन्वय समितिको सभाहलमा भएको गजल वाचन कार्यक्रममा करिब ४ सय भन्दा बढी दर्शक स्रोताहरुको उपस्थिति रहेको थियो । पछिल्लो समय निकै चर्चामा रहेको गजल विधामा सबै तह र तप्काको आकर्षण बढ्दै गएको छ । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका कानून मन्त्री नरेश भण्डारीले कर्णाली साहित्यको उर्वर भूमि भएको बताउँदै आगामी दिनमा साहित्यिक क्षेत्रको विकासको लागि सबै एक भएर लाग्न सुझाव दिए ।

Image may contain: 6 people, people sitting

 

Image may contain: one or more people and indoor

Image may contain: 7 people, including Shahi Nirajan and Khadka Chand, indoor