जितिन्छ कि हारिन्छ चिन्ता छैन, चुनाव गराउँछुः प्रधानमन्त्री
२२ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी हारेपनि चुनाव गराएरै छाड्ने दाबी गरेका छन् । साथै आगामी चुनावमा भोटिङ मेसिन प्रयोगका लागि आफू सकारात्मक रहेको बताए ।
प्रमुख विपक्षी दलले सरकार चुनाव गराउन गम्भीर नभएको आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले भने आगामी मंसिरभित्रै तीन वटै चुनाव गर्ने योजना सुनाए । नेपाल टेलिभिजनको कार्यक्रम सिधा कुरा प्रधानमन्त्रीसँगमा उपस्थित प्रचण्डले भने, ‘जितिन्छ कि हारिन्छ भनेर चिन्ता लिएको छैन । मेरो पार्टीले हार्न पनि सन्छ । तर, देशले जित्छ ।’
सातै उनले भोटिङ मेसिन प्रयोगबाट गृहकार्य गर्न निर्वाचन आयोगलाई आफूले भनिसकेको बताए । यसबारे छलफल गर्न आफूले २५ गते सर्वदलीय बैठक बोलाउन र भोटिङ मेसिनबारे पि्रजेन्टेसन गर्न आयोगलाई भनेको प्रधानमन्त्री प्रचण्डले बताए ।
आयोगले केही रकम चाहिन्छ भनेको भन्दै उनले भने, केही पैसा चाहिन्छ भने सरकार तयार छ ।’
स्रोत : अनलाइन खबर







