Loading... आजः २३ बैशाख २०८३, बुधबार । Wednesday 6th May 2026
ताजा खबर
  

सानो वर्षातमै सुर्खेत डुवान शुरु

सुर्खेत
सुर्खेतमा जेष्ठ महिनामै आएको सानो वर्षातले नै डुवान शुरु भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको खजुरा क्षेत्र डुवान पर्न थालेको हो ।
फोरलेन बाटो निर्माणको क्रममा पानीको निकासलाई वेवास्ता गर्दा बाटोको उत्तरतिर रहेको क्षेत्र डुवान पर्न गएको हो । सामान्य वर्षातमा यसरी डुवान हुन थालेपछि असार र साउने झरीमा के अवस्था होला भनेर स्थानीय बासिन्दाहरु चिन्तित बनेका छन् ।


यस वर्ष वर्षातको समय अगाडि नै प्रायः दिनमा हल्का बर्षा हुन थालेको छ । तर बिहीबार अपरान्ह करिब २ घण्टा लामो वर्षात भएको थियो । मनसुनका कारण अब वर्षातको समय शुरु भएको छ भने कर्णालीको राजधानी वर्षातका कारण डुवान पर्ने खतरा बढेर गएको छ । २०७१ सालमा सुर्खेतमा आएको बाढीबाट विस्तापितहरु अहिलेसम्म स्थापित हुन सकेका छैनन् ।

Image may contain: sky and outdoor