राप्रपा निकट विद्यार्थी संगठनको मध्यपश्चिम बिश्व बिधालय संयोजकमा : गहतराज
असार ४, सुर्खेत ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन को केन्द्रिय सदस्य तथा मध्यपश्चिम् बिश्वबिधालय को केन्द्रीय संयोजक मा विद्यार्थी नेता मनिस गहतराज ले जिम्मेवारी पाएका छन् । संगठन ले सुर्खेत जिल्ला स्थित मध्यपश्चिम बिश्वबिद्धालय मा संगठन विस्तार, सुधार र इकाइ अधिवेशन सम्पन्नको लागी विद्यार्थी नेता गहतराज लाई जिम्मेवारी दिएको हो । तत्कालीन राप्रपा नेपाल निकट विद्यार्थी संगठन को उपाध्यक्ष तथा प्रचार प्रसार बिभाग संयोजक समेत रहेका गहतराज लामो समयदेखी सक्रिय विद्यार्थी राजनीतिमा छन। गहतराजले विद्यार्थी संगठन को सदस्य देखि सुरु गरेको विद्यार्थी राजनीति बीचमा विभिन्न जिम्मेवारी समेत समाली सकेका हुन र अहिले संगठन को केन्द्रिय सदस्य तथा मध्यपश्चिम बिश्वबिद्धालय केन्द्रीय संयोजक सम्मको जिम्मेवारी पाएका छ्न ।
उनले अबको केही समय मै मध्यपश्चिम बिश्वबिधालय अन्तर्गत सम्पुर्ण संकाय मा संगठनलाई विस्तार गर्ने बताएका छन। उनले विद्यार्थीको हक हित र अधिकार का एजेण्डा लिएर जिल्ला मा विभिन्न कार्यक्रमहरु केही दिनमै शुरु गर्न लागेको जानकारी दिए। राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन का केन्द्रिय अध्यक्ष महेश शिह ज्यु को हस्ताक्षर पत्र अनुसार संगठन को सिधाान्त र निति मा प्रतिबद्ध भइ संगठन को हितमा कार्य गर्न बिस्वास गर्दै संगठन लाई उच्च स्थान मा पुराउन जिम्मेवारी दिदै गहतराज लाई मनोनित गरिएको हो ।






