Loading... आजः ६ भाद्र २०८३, शनिबार । Saturday 22nd August 2026

शिव महामहोत्सव २०७५ शुरु

सुर्खेत, साउन ७ ।
कर्णाली प्रदेशकै ऐतिहासिक शिव मन्दिर लाटीकोइलीमा आजदेखि धार्मिक शिव महामहोत्सव २०७५ शुरु भएको छ । उक्त महोत्सवको उद्घाटन गर्दै कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गा केशर खनालले यस प्रदेशमा रहेका प्राचिन, धार्मिक, ऐतिहासिक एवंम् पर्यटकिय स्थलहरुको संरक्षण र सम्बद्र्धन गर्नु पर्ने बताउनु भयो । उहाँले काँक्रेविहार जस्तो ऐतिहासिक एवम् धार्मिक विविधताले भरिएको स्थानको काखमा रहेको शिव मन्दिरको उचित संरक्षण र प्रचार प्रसार गर्न सकेको खण्डमा आन्तरिक तथा बाह्य पर्यटकहरुको समेत गन्तव्य स्थल बन्ने बताउनु भयो ।

तुलसी रोपण (हरिशयनी एकादशी)का दिन उद्घाटन भएको उक्त शिव महामहोत्सव २०७५मा प्रदेश प्रमुख खनालले जिल्लामा थुप्रै पर्यटकीय र धार्मिक स्थानहरु रहेको भएपनि उचित सम्भार हुन नसक्दा जीर्ण र लोप हुँदै गईरहेको अवस्थामा शिब मन्दिरमा श्रावण मेला सहित महामहोसत्वको आयोजना हुनुले ऐतिहासिक बस्तुको संरक्षणका लागि स्थानीयवासीबाट भएको यो प्रयास उदाहरणीय उहाँको भनाई थियो ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका वडा नं.९ लाटिकोईलीमा अवस्थित उक्त मन्दिरमा यही श्रावण १७ गतेसम्म संचालन हुने महामहोत्सवमा कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्द सिं बुढाले बिशेष अतिथि पर्यटन मन्त्री नन्द सिंह बुढाले कर्णाली पर्देशमा थुप्रै एतिहासिक धार्मिक सम्पदा भएको र त्यस्ता सम्पदाहरुको मर्मत सम्भार नहुँदा ओझेलमा परेको बताउनुभयो । उहाँले विभिन्न धार्मिक, पर्यटन क्षेत्रका लागि मन्त्रालयले ३ करोड बजेट विनियोजन गरिसकेको र शिव मन्दिरका लागि सक्दो सहयोग गर्ने बताउनुभयो ।


कार्यक्रमका अध्यक्ष एवंम् शिव महापुराण, श्रावण मेला सहित लाटीकोईली सुर्खेत धार्मिक शिव महामहोत्सव–२०७५ मुल आयोजक समितिका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले यो ऐतिहासिक र धार्मिक पर्यटनको विकास कार्यमा सबैलाई एकजुट भएर लाग्न अनुरोध गर्नुभयो ।
यस्तै कार्यक्रका मार्गदर्शक–संकल्पकर्ता गोविन्द शरण महाराज जीले नयां मन्दिरहरु बनाउनु भन्दा पनि प्राचिन एवंम् जीर्ण अवस्थामा रहेको मठ मन्दिरहरुको मर्मत गरि संचालनमा ल्याएमा उक्त स्थानको महत्व बढ्नुका साथै धर्मालवम्बिहरुको महिमा र आस्था बढ्ने बताउनुभयो । महोत्सवमा प्रत्येक दिन बिहान ५ बजे देखि ७ बजेसम्म योग शिविर, बिहान ७ बजे देखि ८ बजेसम्म पाठ परायण, १० बजे देखि ४ बजेसम्म कथा प्रवचनसँगै झाँकी प्रदर्शन र साँंझ ७ बजेदेखि राती १० बजेसम्म भजन किर्तन हुने प्रचार–प्रसार समितिका संयोजक मिलन श्रेष्ठल जानकारी दिनुभयो ।